Advertisement

केपी ओलीको नेतृत्वमा एकल सरकार कहिल्यै थिएन: बेदुराम भुसाल

0 101

Advertisement

१८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव एवम् राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले नेपालमा मनमोहन अधिकारी नेतृत्वको सरकार बनेपछि कहिले पनि एमाले नेतृत्वको एकल सरकार नबनेको दाबी गरेका छन्।

राष्ट्रि यसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

‘एमालेका साथीहरुले ओली नेतृत्वको एमालेको नेतृत्वको सरकार भनेको सुनियो,’ उनले भने, ‘इतिहासलाई बिर्सन हुन्न। ०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकार बनेपछि कहिले पनि एमालेको नेतृत्वमा सरकार बनेको छैन। यो कुरालाई किन नबुझेको।’

उनले इतिहासका तथ्य तोडमोड गर्न नहुने पनि बताए। ‘पहिलोचोटी प्रधानमन्त्री हुनुभएको थियो। त्यति बेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो। एमालेको सरकार थियो भनेर सुन्दै छु। दोस्रोचोटी केपी ओली प्रधानमन्त्री हुनुभयो।

त्यतिबेला पनि चुनावमा जानु भन्दा अघि एमाले र माओवादीको गठबन्धन भएको थियो। र पार्टी एकता भएपछि नेकपाको अध्यक्ष र संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘केपी ओली नेतृत्वको एकल सरकार कहिल्यै पनि थिएन। ०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा बाहेक एमाालेको एकल नेतृत्वको सरकार कहिल्यै थिएन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.