Advertisement

कामपाका जनप्रतिनिधिद्वारा पदबहाली गर्दै

0 68

Advertisement

१६ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गतकामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.