Advertisement

सिटी र लिभरपुललाई मात दिन सरुवा बजारमा चेल्सीको आक्रामक योजना

0 83

Advertisement

१२ जेठ, काठमाडौं इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका नयाँ मालिकहरूले सरुवा बजारमा रणनीतिक रूपमा ठूलै रकम खर्चेर भए पनि टिम बलियो बनाउने योजना बनाएका छन्।

स्रोतहरूलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम बीबीसीले जनाएअनुसार सरुवा बजारमा ठूलो महत्वाकांक्षा राखेर टिम बलियो बनाउन चेल्सीले ठूलो रकम खर्चिन लागेको हो।

एलए डगर्सका सह–मालिक टड बोहली नेतृत्वको समूहले ४.२५ बिलियन पाउण्डमा क्लबको स्वामित्व खरिदका लागि गरेको प्रस्ताव प्रिमियर लिग र बेलायती सरकारबाट स्वीकृत दिइसकेको छ।

स्वीकृति प्राप्त भइसकेपछि अब क्लबको बिक्री प्रक्रिया यही साताभित्र सम्पन्न भइसक्ने समाचारमा उल्लेख छ। तर, बोहलीका सहयोगीहरूको भूमिका भने क्लबमा के रहने अझैसम्म प्रष्ट भइसकेको छैन।

चेल्सीका नयाँ मालिकहरूले प्रिमियर लिगका शीर्ष दुई टोली म्यानचेस्टर सिटी र लिभरपुलसँगको दूरी कम गर्न ठूलै रकम खर्चिने योजना बनाएका छन्।

चेल्सी यस सिजनमा च्याम्पियन म्यानचेस्टर सिटीभन्दा १९ अंकले पछि परेको थियो। यस सिजनमा चेल्सीले तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य गर्‍यो। यता, लिभरपुल भने सिटीसँग १ अंकले पछाडि परेको थियो।

चेल्सीले आगामी १० वर्षभित्र पौने १.७५ बिलियन पाउण्ड खर्च गर्ने नयाँ मालिकहरूले योजना बनाएका छन्। सेन्टर–ब्याक एन्टोनियो रुडिगर र एन्ड्रियास क्रिस्टेनसेन जारी सरुवा बजारमा स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका लागि निःशुल्क स्थानान्तरणमा स्ट्यामफोर्ड ब्रिज छोड्ने तयारीमा छन्।

स्पेनियार्डले बार्सिलोनासँग वार्ता गरेपछि कप्तान सेजर एज्पिलिक्वेटाको भविष्य पनि अन्योलमा छ। तर, रिक्त हुने पोजिसनमा उत्तिकै भरपर्दा खेलाडी भित्र्याउन बोहलीले प्रशिक्षक थोमस टुचेललाई अनुमति दिइसकेका छन्।

सेन्टर–ब्याक पोजिसनका लागि चेल्सीले यसअघि नै सेभियाका जुलेस कोन्डेलाई भित्र्याउने तयारी गरेको छ।

यस्तै, मिडफिल्डरद्वय एनगोलो कान्टे र जर्जिन्होसँग पनि क्बलले नयाँ सम्झौता गर्ने योजना बनाएको छ। उनीहरूको सम्झौता अर्को वर्ष समाप्त हुँदै छ। यसैगरी टोलीले मिडफिल्डर मेसन माउन्ट र रक्षक रिस जेम्सलाई पनि नयाँ सम्झौता प्रस्ताव गर्नेछ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धको कारण मालिक रोमन अब्रामोभिचले मार्चमा क्लबलाई बिक्रीको लागि राखेका थिए। त्यसपछि बेलायती सरकारले त्यसको केही दिनपछि नै क्लबलाई आर्थिक करोबारमा सीमा तोकेको थियो।

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.