Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क आयात

0 24

१२ जेठ, काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ । विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ ।

चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.