Advertisement

मुलुकभर थप ६ जनामा कोरोना पुष्टि, १३ जना निको भए

0 88

Advertisement

०८ जेठ, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना स्रंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

१ हजार ६९६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २७७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितहरु निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । साथै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेका छन् ।

हाल नेपालमा १ सय ४१ जना कोरोनाका संक्रिय संक्रमितहरु आइसोलेशनमा उपचाररत छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.