Advertisement

सुनको भाउ तोलामा ७०० रुपैयाँले महङ्गियो

0 162

Advertisement

०८ जेठ, काठमाडाैँ । सुनको मूल्य आइतबार नेपाली बजारमा शुक्रबारको तुलनामा ७०० रुपैयाँले महङ्गो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि १ हजार ७०० रुपैयाँले बढ्दै प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने आइतबार यथावत नै रहँदै १ हजार २७० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँ र तेजावी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४७ र चाँदी प्रतिऔंस २१ दशमलव ७५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.