Advertisement

भरतपुरमा दाहालको तीन हजार बढीको अग्रता

0 235

Advertisement

०५ जेठ, चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.