Advertisement

सेपाकताक्रो विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

0 5

Advertisement

३ जेठ, काठमाडौं । सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टिम बिहीबार मलेसियाको क्वालालम्पुरतर्फ गएका छन् । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी हुन र उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए। रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दिपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर ठाडा मगर रहेका छन् । प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् ।

शनिबार सुरू हुने विश्वकपमा कुल २१ राष्ट्रको सहभागी हुनेछन् । नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.