Advertisement

दिक्तेल रुपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार निर्वाचित

0 245

Advertisement

०४ जेठ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलका साझा उम्मेदवारी विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको यस नगरमा कांग्रेसका तीर्थराज भट्टराई प्रमुख र माओवादी का बिसन राई उपप्रमुखमा विजयी हुनुभएको हो ।

भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कुमार आचार्यलाई चार हजार ३९३ र बिसनले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिनुभयो । भट्टराईले एघार हजार ३८९ मत ल्याएर विजयी हुँदा आचार्यले छ हजार ९९६ मत र बिसनले १० हजार ४३८ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विणादेवीले सात हजार ३१९ मत ल्याउनुभएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवनकुमार श्रेष्ठले नगर प्रमुखमा ४०५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ४८ मत तथा राप्रपाबाटै उपप्रमुखमा चन्द्रकुमारी राई ‘तारा’ले ५६६ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत प्रतिभा राईले जानकारी दिनुभयो । नगरप्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भएको यस नगरपालिकाको अधिकांश वडामा एक्ला–एक्लै प्रतिस्पर्धा भएको थियो ।

पन्ध्र वडा रहेको यस नगरपालिकाको प्रमुखमा अघिल्लो निर्वाचनमा एमालेबाटै दीपनारायण रिजाल विजयी हुनुभएको थियो ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह तथा सबैको ध्यान केन्द्रित हुने यस नगरपालिकाको तीनवटा वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । वडा नं ३ बाम्राङमा महेन्द्रकुमार राई, वडा नं ८ दोर्पा बुवालुङमा लीलाकुमार चौहान र वडा नं १४ बुइपामा दिनेश राई निर्वाचित हुनुभएको हो ।

वडा नं १ दिक्तेलमा चार दलीय गठबन्धनबाट कांग्रेसका नवराज राई, वडा नं २ सोल्मामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका ध्रुवकुमार राई, वडा नं ४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई, वडा नं ५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, वडा नं ६ नेर्पामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका माधव राई, वडा नं ७ दोर्पा चिउरीडाँडामा कांग्रेसका हरि चौलागाइँ, वडा नं ९ निर्मलीडाँडामा माओवादीका दिनेश कठायत विजयी हुनुभएको छ । यस्तै, वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीबाट जनता समाजवादीका मुगाधन राई, वडा नं ११ खार्मीमा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट जनता समाजवादीका इखबहादुर राई, वडा नं १२ जालपामा माओवादीका दानबहादुर राई, वडा नं १३ नुनथलामा माओवादी र एकीकृत समाजवादीबाट माओवादीका भगेश्वर राई र वडा नं १५ विजयखर्कमा कांग्रेस, माओवादी , जनता समाजवादी र एकीकृत समाजवादीपार्टीबाट कांग्रेसका रामबहादुर कटवाल वडाध्यक्षमा विजयी हुनुभएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित नौँवटाको मत परिणाम आइसकेको छ भने, एउटाको मत गणना जारी छ । मत परिणाम आउन बाँकी हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको जनाइएका

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.