संसद्को बजेट अधिवेशन सुरु : रोस्ट्रमबाटै बोल्दै एमाले सांसद् प्रदीप ज्ञवाली
०३ जेठ, काठमडाैँ । संसद्को बजेट अधिवेशन सुरु भएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठक अहिले जारी छ।
गत भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको नेकपा एमालेले भने आजको बैठकको सुरुमै रोस्ट्रमबाट आफ्नो धारणा राखिरहेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सम्बोधन गरिरहेका छन्।
एमालेले गत भदौ २३ देखि सुरु भएको र गत मंसिर ३० देखि सुरु भएको दुवै अधिवेशनलाई अवरोध गरेको थियो।