Advertisement

दोहोरो अंकले घट्यो सेयर बजार

0 262

Advertisement

२९ वैशाख, काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा आएर रोकिएको छ ।

निर्वाचन अगाडि बिहीबार अन्तिम कारोबार भएको हो । अब मंगलबार मात्र बजार खुल्ने छ । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन । सोमबार सार्वजनिक बिदा परेका कारण बजार मंगलबार मात्र खुल्ने भएको हो ।

बिहीबार उत्पादन तथा प्रशोधन र अन्य उप समूहमात्र हरियो भयो । अन्य उपसमूह भने राताम्य रह्यो । यस दिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाए ।

बिहीबार कुल २२८ कम्पनीको कारोबार भएको थियो । यस दिन कुल ४० हजार २३ वटा कारोबारबाट ५२ लाख २७ हजार ३५९ कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर २४४८.६० रुपैयाँमा पुग्यो । तेह्रथुम पावर कम्पनीको मूल्य ६.२० प्रतिशतले बढेर ५१४ रुपैयाँमा कायम भएको छ ।

सूर्योदय वामी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । उक्त कम्पनीको मूल्य १२३६.१० रुपैयाँमा झरेको छ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ७.६३ प्रतिशतले घटेर ५६९ रुपैयाँमा घटेको छ । बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.