Advertisement

लगनशील अध्ययनले सफलता

0 152

Advertisement

२६ बैशाख, मोरङ । स्थानीय अरनिको आवासीय माविमा अध्ययन गरेका विद्यार्थीले उच्च शिक्षामा राम्रो अवसर पाउने गरेका छन् । विराटनगर–१० मा रहेको उक्त माविमा अध्ययन गरेका २६ छात्रछात्राले विसं २०७८ मा चिकित्सा शास्त्र, पारामेडिकल र इञ्जिनीयरिङमा पूर्ण छात्रवृत्तिको अवसर पाएको सो विद्यालयले जनाएको छ ।

पूर्ण छात्रवृत्ति प्राप्त गर्ने चिकित्सा शास्त्रतर्फ दुई छात्रासहित १०, पारामेडिकलतर्फ एक छात्रासहित आठ र इञ्जिनीयरिङ क्याम्पस पुल्चोकमा आठ छात्र छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चिकित्सातर्फ छात्रवृत्ति प्राप्त विद्यार्थी प्रज्वलराज माझीले शिक्षकको सही मार्गदर्शन र लगनशील भई अध्ययन गरेका कारण सफलता हासिल गर्न सफल भएको बताउनुभयो ।

सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थी दिवस थापाद्वारा स्थापित ‘सुरेन्द्र एवं रीता थापा स्मृति’ पुरस्कारबाट कक्षा ११ मा अध्ययनरत विद्यार्थी नीरज रेग्मी र निकिता झालाई रु ३५ हजारको छात्रवृत्ति प्रदान गरियो । विसं २०५६ मा स्थापित विद्यालयमा दशजोड दुईको विज्ञान सङकायतर्फ एक हजार ६००, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ १०० छात्रछात्राले अध्ययन गरिरहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.