Advertisement

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

0 304

Advertisement

२० बैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार बिहान केसीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन्।

केसीसँगै अन्य दुई कलाकार रविन्द्र खड्का र स्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन्। २०७० सालको चुनाव ताका एमाले प्रवेश गर्दै राजनीतिक वृत्तमा प्रवेश गरेका केसी पछिल्लो समय कुनै पार्टीमा थिएनन्। केही अघि राप्रपामा प्रवेश गर्ने हल्ला चलेपनि उनी उक्त पार्टीमा गएनन्।

केही साताअघि स्थानीय तहको निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने पनि घोषणा भएको थियो। तर, केसीले भने त्यो घोषणा निराधार रहेको र आफू कुनै पार्टीमा नरहेको बताएका थिए।

मेयर पदमा उठ्ने कुरा निराधार रहेको बताएका केसीले त्यत्तिबेला आफू कुनै पार्टीमा आवद्ध हुने सोच नरहेको बताएका थिए। तर, केही सातामै उनी कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस कलालाई महत्व दिएको र कलाकारहरुको भावना बुझ्ने भएकाले आफू उक्त पार्टीमा लागेको केसीले बताएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.