तारकेश्वरमा सृजना बुर्लाकोटी(अर्याल) को उपमेयरमा उम्मेदवारी किन?

0 472

उपमेयरकी उम्मेदवार सृजना बुर्लाकोटीका संकल्पहरु

२० बैशाख, काठमाडौं । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट तारकेश्वोर नगरपालिकामा यतिबेला घरदैलो अभियानले तीव्रता पाएको छ । तारकेश्वोर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटी(अर्याल) उम्मेदवार बनेका छन्।

विगत लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेकी बुर्लाकोटी अहिले उपमेयरको उम्मेदवार बनेकी हुन् । उनको उम्मेद्वारी संगै तारकेश्वोरका कांग्रेसजनहरु यतिबेला खुसि भएका छन्। तारकेश्वोरका जनताको समस्या बुझ्ने व्यक्तिलाई उपमेयर को उम्मेदवार बनाइएकोमा कांग्रेसजनहरु उत्साहित देखिन्छन।

त्यस क्षेत्रमा बिपक्षीहरुले पनि अत्यन्तै शालिन र भद्र नेतृत्वको रुपमा हेर्ने गरेका छन्। उनले त्यँहाका जनताहरुको समस्या घर- घरमै पुगेर टिपोट गरिसकेकी छिन। ती देखिएका समस्याहरुलाई क्रमबद्द रुपमा समधान गर्ने उनले बताएकी छिन।

उपमेयरमा बुर्लाकोटी निकै मतान्तरले विजयी हुने त्यँहाका स्थानियहरुको आंकलन रहेको छ। तारकेश्वोरमा कांग्रेसको सिंगो टोली यतिबेला चुनावी घर दैलो कार्यक्रममा लागिसकेको छ।

तारकेश्वोर नगरलाई समृद्द बनाउन उनले उम्मेद्वारीसंगै आफ़नो संकल्पहरु प्रस्तुत गरेकी छिन। उनका संकल्पहरु यसप्रकार छन्:

– चुस्त दुरुस्त न्याय सम्पादन
– भ्रष्टाचार मुक्त स्थानीय सरकार
– श्रमिक एवं श्रमको उचित मुल्यांकन
– दलित असाहय, अपाङ्ग र बृद्द-बृद्दाको सम्मान
– सुचना प्रबिधि, संचारको बिकास पर्यटन र प्रबर्धन
– एकीकृत पूर्वाधार सामाजिक आर्थिक तथा संस्थागत विकासको अवधारणा
– महिला नेतृत्व विकास सशक्तिकरणका लागि क्षमता विकास

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.