Advertisement

अप्रिलमा नेपाल भित्रिए ५८ हजार पर्यटक

0 130

Advertisement

२० बैशाख, काठमाडौं । सन् २०२२ को चार महिनामा एक लाख २१ हजार ८५१ जना पर्यटक नेपाल भित्रिएका छन्। कोरोना महामारीका दुई वर्षदेखि शून्य जस्तै भएको पर्यटन क्षेत्र पछिल्लो चार महिनामा पुरानै लयमा फर्किन सुरु गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका छन्। यो दुई वर्ष यताकै सबैभन्दा धेरै हो।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ जना, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६ जना र अप्रिलमा ५८ हजार ३८४ जना पर्यटक नेपाल भित्रिएका छन्।

बोर्डका अनुसार एक महिनाको अवधिमा भारतबाट मात्र २२ हजार ४७७ जना पर्यटक नेपाल आएको जनाएको छ। बोर्डका अनुसार यस महिनामा भारतबाट मात्र २२ हजार ४७७ जना र चीनबाट २८१ जना पर्यटक मात्र नेपाल आएका छन्।

बंगलादेशबाट एक हजार ५३७ जना पर्यटक नेपाल आएको तथ्यांक छ। अप्रिलमा अमेरिकाबाट ६ हजार ९५४ जना र बेलायतबाट ५ हजार २५२ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.