Advertisement

बङ्गुरपालनबाट मनग्य आम्दानी गर्दै दाङका कृषक

0 191

Advertisement

०८ वैशाख, दाङ । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ ।

कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उहाँ घर फर्किनुभयो । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ प¥यो ।

अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गर्नुभयो । उहाँले २१ वर्षसम्म भारतमा होटलमा काम गर्नुभयो । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य हुनुभयो । केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाउनुभयो ।

“दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उहाँले भन्नुभयो । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उहाँले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाउनुभयो ।

रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउनुहुन्छ । “अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उहाँले भन्नुभयो ।

डिउरो र योर्कसायर जातका बङ्गुर उहाँले पाल्नुभएको छ । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ ।

व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उहाँले व्यावसायिकरुपमा बङ्गुुरपालन थाल्नुभएको हो । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाउनुभएको छ ।

एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उहाँले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पाल्नुभएको छ ।

“अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उहाँले भन्नुभयो,“फ्रेसहाउस आफैँले सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताउनुभयो ।

घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उहाँले बिगत सुनाउनुभयो । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उहाँको छ ।

मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु ३०० देखि रु एक हजार दिने गरेको घर्तीमगर बताउनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.