Advertisement

बलेफी हाइड्रोपावरको आईपीओमा  मागभन्दा करिब १६ गुणा बढी आवेदन

0 256

Advertisement

२२ चैत, काठमाडाैँ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा १५ दशमलव ७४ गुणा बढी आवेदन परेको छ।

चैत १६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सेयर २२ लाख ६४ हजार ३७८ जनाले २ अर्ब ६१ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ६१ लाख ७१ हजार ३९० कित्ताको लागि आवेदन दिएका हुन्।

कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर रू. १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री खुला गरेको हो।

सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता सेयरमध्ये ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर भने सार्वजनिक निष्कासनमार्फत विक्रीमा आएको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थायिनमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता सेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँट गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.