Advertisement

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

0 141

Advertisement

१४ चैत, दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिनुभयो ।

थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपिहिमाल पुग्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.