Advertisement

ललितपुरको सातदोबाटो-चापागाउँ सडक स्थानीयले गराए बन्द

0 547

Advertisement

०८ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडकखण्डमा यात्रा गर्नेहरु हैरान छन् ।

सडक पिच गर्न माग गर्दै स्थानीयवासी सुनाकोठी बालकुमारी मन्दिर सडकमै बसेपछि सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरीले जनाएको छ ।

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई वैकल्पिक रुटको रुपमा धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ । जसका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.