Advertisement

तनहुँमा दुई महोत्सवको तयारी

0 136

Advertisement

०६ चैत, दमौली । तनहुँ जिल्लामा एकै महिनामा दुई महोत्सवको तयारी गरिएको छ । कोभिड–१९ को प्रभावका कारण रोकिएका महोत्सव सञ्चालनको तयारी थालिएको हो ।

चैत महिनामा जिल्लाका दुई ठाउँमा दुई महोत्सव आयोजना हुँदैछन् । सदरमुकाम दमौलीमा तनहुँ उद्योग वाणिज्य सङ्घले आठाँै तनहुँ महोत्सव र खैरेनीटारमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले महोत्सव गर्न लागेका हुन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत १० गतेदेखि आठाँै तनहुँ महोत्सव हुँदैछ ।

यसअघि पुस २९ देखि माघ १० गतेसम्म महोत्सवको मिति तोकिएको थियो । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरण भएसँगै महोत्सवको तयारी सुरु भएको सङ्घका अध्यक्ष पवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको सह–आयोजकमा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार रहेको छ । महोत्सवका लागि स्टल बुकिङसमेत खुल्ला गरिएको छ । महोत्सव व्यास नगरपालिका–३ स्थित बिपी वन बाटिकामा हुनेछ ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीयस्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घले जनाएको छ । पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु ६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी रु ८० लाख र नाफा रु १५ लाख ३५ हजार हुने अनुमान छ ।

महोत्सवका लागि बैंक, वित्तीय संस्था समन्वय समिति, प्रचारप्रसार, सचिवालय, आर्थिक, हस्तकला प्रवद्र्धन, लोकदोहारी व्यवस्थापन, कोसेली व्यवस्थापन, आदिवासी जनजाति समन्वय, कन्सर्ट व्यवस्थापन, रमाइलो मेला, पर्यटन प्रवद्र्धनलगायत उपसमिति गठन गरिएको छ । महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलविहार सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवद्र्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

यसैगरी शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ खैरेनीटार बजार इकाईको आयोजनामा चैत २४ गतेदेखि वैशाख ५ गतेसम्म शुक्लागण्डकी खैरेनीटार महोत्सव हुँदैछ । एघारौँ संस्करणसम्म गरिएको खैरेनीटार महोत्सवको निरन्तरतास्वरुप नै शुक्लागण्डकी खैरेनीटार महोत्सव आयोजना गर्न लागिएको इकाई सभापति पूर्ण कायस्थले जानकारी दिनुभयो ।

पहिला तनहुँ उद्योग वाणिज्य सङ्घअन्तर्गत खैरेनीटार बजार इकाइले चैते दसैँको अवसर पारेर महोत्सव आयोजना गर्दै आएको थियो । विगत दुई वर्षयता शुक्लागण्डकीमा दुई वटा उद्योग वाणिज्य सङ्घ गठन भएको छ ।

यहाँको धार्मिक, पर्यटकीयस्थलसँगै स्थानीय कला, संस्कृति र कृषि उपजको प्रर्वद्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको कायस्थले बताउनुभयो । महोत्सवमा रु चार करोड ७५ लाखको कारोबार हुने र दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका प्रवक्ता हरि थापाले बताउनुभयो ।

महोत्सवमा २२५ स्टल रहनेछ । तीमध्ये एक सय स्टल बुकिङ भइसकेको छ भने स्थानीय व्यवसायीलाई स्टलमा ३० प्रतिशत छुट दिइएको छ ।

महोत्सवबाट भएको आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवबाट भएको आम्दानी शवदहस्थलमा खर्च गरिने आयोजकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.