Advertisement

अमिनी र सोपरको अर्धशतकीय साझेदारी, नेपाललाई २०५ रनको लक्ष्य

0 243

Advertisement

०२ चैत, काठमाडाैँ । चार्ल्स अमिनी र चाद सोपरको अर्धशतकीय साझेदारीमा पपुवा न्यूगिनीले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई २ सय ५ रनको मध्यम लक्ष्य दिएको छ।

यूएईको सारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनायो।

पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे।

एक समय २४.४ ओभरमा ९१-४ को कमजोर अवस्थामा पुगेको पपुवा न्यूगिनीलाई पाँचौं विकेटका लागि अमिनी र सोपरले ७५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

यस्तै, ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रनको योगदान दिए।

चाद सोपरले ३५, नोरमान भानुले २३, असद भालाले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए।

सोमपालले १० ओभरमा ४८ रन दिए। पीएनजीले दुई विकेट रनआउटका रुपमा गुमायो।

विश्वकप लिग–२ को तुलनात्मक रुपमा कमजोर टोली पपुवा न्यूगिनीमाथि सहज जित निकाल्दै नेपाल अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोड्ने लक्ष्यमा छ।

नेपाल ८ खेलमा ४ जित र ४ हारका साथ छैटौं स्थानमा छ। यता, पपुवा न्यूगिनी १३ खेलमा नै पराजित हुँदै पुछारमा छ।

नेपालले गत सेप्टेम्बरमा पपुवा न्यूगिनीलाई दुई ओडीआई सिरिजमा २ विकेट र १ सय ५१ रनले हराएको थियो।

स्पिनर सन्दीप लामिछानेले यसै खेलमार्फत् ओडीआईमा डेब्यू कप्तानी गरेका छन्। पारस खड्काको सन्यासपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका थिए। तर, क्यानसँगको विवादका कारण उनलाई टी२० र ओडीआईको दुवै कप्तानीबाट हटाएर सन्दीपलाई नियुक्त गरिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.