Advertisement

बाहिरका हेरालुसँग हुर्केका बच्चाको व्यवहारमा उनीहरुकै प्रभाव : अध्ययन

0 245

Advertisement

२८ फागुन, एजेन्सी । बाहिरका हेरालुसँग हुर्केका बालबालिकाहरुको व्यवहारमा उनीहरुकै प्रभाव पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्विजरल्याण्डमा गरिएको अध्ययनका क्रममा जुरिचको विद्यालय एक हजार ३०० बालबालिकालाई सहभागी गराइएको थियो ।

बाहिरका हेरालुको साथमा धेरै समय छोड्दा उनीहरुकै स्वभाव बालबालिकामा विकास हुने भएकाले बालबालिकालाई आफै स्याहारसुसार गर्न पनि अध्ययनकर्ताहरुले सुझाव दिएका छन् । “बच्चासँग सकेसम्म घरकै परिवारले समय विताउनु राम्रो हुन्छ, बाहिरका हेरालुसँग राखियो भने उनीहरुकै बानीअनुसारको व्यवहार बच्चाहरुमा पनि विकास हुने गरेको देखिएको छ,” अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

यस्तो प्रभाव सामान्यतया प्राथमिकत कक्षाको अध्ययन सकिएपछि धेरै प्रकट हुने गरेको पनि अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी बालबालिका मध्ये ६७ प्रतिशत बालबालिकालाई शिशु कक्षा भन्दा अगाडि पारिवारिक सदस्यभन्दा बाहिरकाले हेरचाह गर्ने गरेको पाइएको थियो । ती मध्ये ३२ प्रतिशतलाई दिवा हेरचाह केन्द्रमा राख्ने गरेको पाइएको छ ।

त्यसैगरी अरु २२ प्रतिशतलाई शिशु स्याहार केन्द्र र अर्को २२ प्रतिशतलाई पारिवारिक सदस्यभन्दा बाहिरका कुनै व्यक्तिले हेरचाह गर्ने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार तीन प्रतिशतलाई भने छिमेकीले हेरचाह गरिदिने गरेका छन भने १२ प्रतिशतलाई धाइआमाले हेरचाह गर्ने गरेको पाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.