Advertisement

‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान

0 306

Advertisement

२७ फागुन, बैतडी । नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उहाँले भन्नुभयो, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।

सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्नेतयारी भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताउनुभयो । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो ।

पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पु¥याउनका लागि अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति चन्दले बताउनुभयो । उक्त अभियानका लागि यज्ञराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.