सुनको मूल्य तोलामा १ लाख ३ हजार
२३ फाल्गुन, काठमाडौँ । सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च रहेको हो ।
आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ ।