Advertisement

युद्धविराममै रुसी हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

0 616

Advertisement

२२ फागुन, एजेन्सी रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ ।

रुसले शनिबार युक्रेनका दक्षिण पूर्वी दुई शहर मारियुपोल र भोनोभाखामा अस्थायी युद्ध विराम घोषणा गरेको थियो । तर आधा घण्टाभन्दा कम समय मात्रै रुसले युद्ध रोकेको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसका कारण हजारौं नागरिकलाई सुरक्षित तरिकाले बाहिर निकाल्ने काम प्रभावित भएको छ ।

मारियुपोलका उपमेयर सग्रेइ ओर्भोभले बीबीसीसँग भनेका छन्, ‘रुसी सेनाले आधा घण्टाभन्दा पनि कम समयका लागि हमला रोक्यो र फेरि लगातार बमबारी सुरु गर्यो । मानिसहरुलाई बाहिर निकाल्न तयार गरिएको बसहरुमा पनि आक्रमण गरिएको छ ।’

उनले भनेका छन्, ‘रुसी सैनिकले शहरलाई ध्वस्त बनाइरहेका छन् । युक्रेनीहरुलाई मारिरहेका छन् । सडकमा छरिएका लाशसमेत हामीले उठाउन पाइरहेका छैनौं । आक्रमणमा कति जना मारिए भन्नेसमेत जानकारी छैन । यहाँ सकुशल अवस्थाका भौतिक संरचना सायदै होलान् ।’

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ११ औं दिन हो । राजधानी किएभको उत्तर पश्चिम क्षेत्रका शहरहरुमा रुसी सेनाले आक्रमण जारी राखेका छन् । इरपिनमा रहेका बीबीसी सम्वादाताका अनुसार यहाँबाट मानिसहरु अति आवश्यक सामानहरु बोकेर सुरक्षित स्थानमा जाने कोसिस गरिरहेका छन् । बीबीसीका अनुसार इरपिनमा शनिबार रातभर पनि रुसले आक्रमण गरेको छ ।

रुसी सेना राजधानी किएभतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । उनीहरुसँग युक्रेनी सेना र स्वयंसेवक लडाकुहरुले प्रतिरोध जारी राखेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनलाई फाइटर जेट दिन र रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अमेरिकी कांग्रेसका करिब ३०० सदस्यहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै जेलेन्स्कीले उक्त माग राखेको बीबीसीले जनाएको छ । सम्बोधनको क्रममा उनले युक्रेनको आकाशलाई हवाई निषेधित क्षेत्र घोषणा गर्नुपर्ने माग फेरि पनि राखेका थिए ।

जेलेन्स्कीले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग र मानवीय सहायता आवश्यक रहेकोतर्फ अमेरिकी संसदको ध्यानाकर्षण गराएका थिए ।

तर अमेरिकी संसदले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउने र युक्रेनमा हवाई प्रतिबन्ध लगाउनुपर्ने माग अस्वीकार गरेको बीबीसीले जनाएको छ । रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अत्यधिक बढ्ने र युक्रेनको आकाशमा हवाई प्रतिबन्ध लगाउँदा युद्ध विस्तार हुने अमेरिकाको भनाइ छ ।

अमेरिकी सिनेटका नेता चक शुमरले युक्रेनका अन्य मागहरु पूरा गर्न अमेरिकी राष्ट्रपति जो बाइडन नेतृत्वको प्रशासनलाई सघाउने बचन दिएको बीबीसीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.