Advertisement

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागु औषध गाजा बरामद

0 457

Advertisement

श्यामल कुमार गिरी

२२ फागुन बारा ।
सशस्त्र प्रहरीले बारा जिल्लाबाट भारी मात्रामा लागु औषध गाजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारी मात्रमा लागु औषध गाजा बरामद गरेको हो ।

बाराको देवताल गाउपालिका वडा नम्बर ७ पिपरपाति पसाहा खोला स्थित सीमा नाकामा भारी मात्रामा लागु औषध गाजा सशस्त्र प्रहरीले बरामद गर्न सफल भएको छ । नेपालबाट भारततर्फ लागु औषध गाजा गइरहेको बिशेष सूचनाको अधारमा बोर्डर आउट पोष्ट दक्षिण झिटकैयाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गर्न सफल भएको हो । बोर्डर आउट पोष्ट दक्षिण झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर एस्लामी मगरको कमाण्डमा खटिएको टोलीले १ सय २० किलोग्राम लागु औषध गाजा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी १२ गणको गणपति राजेन्द्र थापाले जानकारी दिएका छन्।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीको टोली हेर्नसाथ लागु औषध गाजा तस्कर फरार भएपनि बरामद गरिएको लागु औषध गाजा अवाश्यक कारवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरी उपरीक्षक थापालेले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले १२ नम्बर गणको गणपतिको कार्यभार सम्हाले देखि बाराबाट हुने गरेको चोरी पैठारी लगायत तस्करीमा कमि आएको गणले जानकारी दिएको छ। थापा गणमा आए देखि हालसम्म बारा जिल्लाबाट बिभिन्न समानहरु पक्राउ गरी ४५ लाख ४० बराबरको भँसार दाखिला गरी सकेको छन। जसले प्रमाणित हुन्छ कि थापा बारा जिल्लाबाट हुने तस्करीलाई निस्तेज गर्नमा लागि परेका छन।

बाराबाट हुने बिभिन्न किसिमको तस्करी देखि अपराधिक क्रियाकलाप हुन नदिने नै पहिलो प्राथमिकता रहेको थापाले जानकारी दिएका छन्। भने बाराबासीबाट त्यस्तो किसिमको कार्यमा सँगल्न जोसुकैलाई छाड्न नहुने बताउदै सहयोग गर्न अपिल पनि गरेका छन्।

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.