Advertisement

भरतपुरको पहाडी क्षेत्रमा खानेपानी

0 287

Advertisement

११ फागुन, चितवन । खानेपानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएसँगै घण्टौँ लगाएर खानेपानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

रु एक करोड ५० लाखको लागतमा निर्माण गरिएको सो योजनाको मङ्गलबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–२९ ढोडेनीमा निर्माण गरिएको सो योजनाको महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गर्नुभयो । सङ्घीय सरकारको रु एक करोड, भरतपुर महानगरको रु ३५ लाखको लागतमा जनसहभागितामा निर्माण गरिएको सो योजनाबाट ८३ परिवार लाभान्वित भएका छन् । सोही वडामा चौकीडाँडा खानेपानी योजनासमेत निर्माणको अन्तिम चरणमा छ ।

महानगर प्रमुख दाहालले वडा नं २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताउनुभयो । उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको बताउनुभयो ।

यसअघि त्यहाँका स्थानीयवासी ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्याङ्कीमा तानेर घरघरमा वितरण गरिएको छ । भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानाले बिहानभरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको थियो, अब त्यो हट्ने भयो ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.