Advertisement

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

0 152

Advertisement

०५ फागुन, जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि रु एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ ।

एक सय १७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरीनदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माणका लागि रु २४ करोड स्वीकृत भएको बस्नेतले बताउनुभयो ।

त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डकै बीचबीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी रहेको छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधन सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुल निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धु्रव झाले बताउनुभयो ।

जाजरकोट खण्डका अधिकांश पुल निर्माण भइसकेकाले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि रु एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि रु ३० करोड, फुसको छाना हटाउन रु आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि रु ५० करोड स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि रु ५० करोड बजेट स्वीकृत भई बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.