Advertisement

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

0 266

Advertisement

२९ माघ, झापा । मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो ।

सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् ।

विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ ।

उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.