Advertisement

बैतडी : मेयर कप क्रिकेट फागुन २२ गतेदेखि

0 209

Advertisement

२७ माघ, बैतडी । पाँचौँ संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता अगामी फागुन २२ गतेदेखि सञ्चालन हुने छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । आइसिसीको नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसैबीच उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने अगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो । यस्तै चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।्

मतदाता नामावली सङ्कलन स्थगित

जिल्ला निर्वाचन कार्यालय बैतडीले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलनस्थगन गरेको छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै यहाँ पनि नामावली सङ्कलन बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयालले जानकारी दिनुभयो । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ बमोजिम स्थगन गरिएको हो ।

मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्कको अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उहाँले भन्नुभयो, “सङ्कलित नामावली रुजु गर्ने काम भइरहेको छ, माघ २९ सम्म रुजु कार्य आयोगमा पठाउँछौँ, त्यसपछि मतदाता यकिन सङ्ख्या आउँछ ।”

निर्वाचनको मिति घोषणा हुनुपूर्व जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा भइरहेको थियो । हालसम्म जिल्लाका एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने कार्यालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.