Advertisement

चुनावी सहकार्यका लागि गठबन्धन दलबीच छलफल

0 385

Advertisement

२७ माघ, बागलुङ । यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो ।

गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।

“स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई कसरी मजबुत पार्ने र चुनावसम्मै लिएर जाने विषयमा सौहार्द ढङ्गले कुराकानी भयो, छलफललाई फेरि निरन्तरता दिने गरी हामी उठ्यौँ”, उहाँले भन्नुभयो । शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताउनुभयो । “

नेताहरूबीच गठबन्धनका सन्दर्भमा अनुभव आदानप्रदान भयो, एक किसिमको समीक्षाजस्तो पनि भयो”, उहाँले भन्नुभयो, “ठ्याक्कै ठोस मुद्दामा छलफल प्रवेश त गरेको छैन, तर पनि गठबन्धन दलका नेताबीचको भेटघाटले सकारात्मक सन्देश दिएको छ, यसले अरु जिल्लालाई पनि प्रेरित गर्छ ।”

केन्द्रमा पाँच दलीय गठबन्धन कायमै रहेर चुनावी समीकरण बनेमा त्यसलाई जिल्लामा पनि लागू गरेर जानुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय राजनीतिको परिदृश्य बदलिएमा भने त्यसको असर तल पनि पर्न सक्ने संयोजक गैरेले बताउनुभयो ।

छलफलमा कांग्रेस सभापति शेरचन, माओवादी केन्द्रका संयोजक गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष लालबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी हुनुहुन्थ्यो ।

स्थानीय तहको चुनाव घोषणा भएसँगै दलहरु तात्न थालेका छन् । नेकपा (एमाले) को जिल्ला शखाले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ । चुनावलाई लक्ष्य गरी आउँदो फागुनभित्रमा प्रदेशको निर्वाचनका लागि क्षेत्रस्तरमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निर्णय भएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.