Advertisement

नयाँ भर्सनमा ओरिजीनल गायिकाको नाम समेत उल्लेख नगर्नु दुखद् र अन्यायपूर्ण : अन्जु पन्त

0 616

Advertisement

२७ माघ, काठमाडाैँ । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘यतीबेला विवादमा परेको छ । यो गजललाई केही दिनअघि गीतकार विपिन किरणले नयाँ पुस्ताकी गायिका रचना रिमालको स्वरमा रेकर्ड गराएपछि अहिले यो गजलको प्रस्तुति विवादमा परेको हो ।

यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएर बजारमा ल्याईएको थियो । त्यतिबेला निकै चलेको यो गजललाई अहिले रचना रिमालको स्वरमा रेकर्ड गरेर ‘रचना रिमाल भर्सन’ भन्दै बजारमा ल्याएपछि श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

यसैबीच गीतको गायिका अन्जु पन्तले ओरिजीनल गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद् भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजीनल गायक गायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक ब्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ ।’

उनले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार सम्बन्धित पक्षले समाधानको उपाय निकाल्ने आशा व्यक्त गरेकी छन् । ‘आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनु भन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ । भविश्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुति गर्ने दिन कहिल्यै नआओस्,’ उनले लेखेकी छन् ।

यद्यपी उनले गजललाई नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् । उनले भनेकी छन, ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहने छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.