Advertisement

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध

0 224

Advertisement

२६ माघ, खलङ्गा । जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हँुदा स्थानीयवासीलाई सास्ती भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताउनुभयो ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । कालीकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ । उहाँका अनुसार घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन् ।

जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ ।

अनलाइनबाट विद्युत्को बिल भुक्तानी सेवा सञ्चालन

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत्को अनलाइन बिल भुक्तानी सेवा सुरु गरेको छ । मङ्गलबार नेपाल विद्युत् प्राधिकरण जुम्लाले एक सूचना जारी गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रले अब अनलाइन भुक्तानीबाट बिल तिर्न सकिनेछ । जहाँबाट जहिले अनलाइनबाट विद्युत्को बिल तिर्न सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख नरेश रावलले जानकारी दिनुभयो । अनलाइनमार्फत बिल भुक्तानी गर्दा कार्यालय धाउनुनपर्ने सेवाग्राहीलाई सहज र झन्झटरहित भएको कार्यालय प्रमुख रावलले बताउनुभयो ।

सो अनलाइन सेवाले गर्दा सेवाग्राहीलाई छिटोछरितो र आफ्नो समय अनुकूल भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा महसुल सङ्कलन काउन्टर थप गर्नु नपर्ने, जनशक्ति माथिको लागत घट्ने र भएका जनशक्तिलाई अन्य कार्यमा लगाउँदा प्रभावकारी सेवा दिन सकिने केन्द्रले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.