Advertisement

मिर्गौला पीडितलाई आर्थिक सहयोग

0 414

Advertisement

१२ माघ, तनहुँ । ऋषिङ गाउँपालिका–२ काँहुशिवपुर घर भई हाल व्यासनगरपालिका–३ बस्दै आउनुभएका वीरेन्द्र बरालीलाई बचाउन तनहुँ सुनचाँदी व्यवसायी सङ्घले रु एक लाख ७० हजार ३८५ सहयोग प्रदान गरेको छ ।

दुवै मिर्गौला फेल भएका बरालीको उपचारका लागि आर्थिक अभाव भएपछि सङ्घले आर्थिक सङ्कलन गरी उक्त रकम पीडितलाई प्रदान गरेको हो ।

सङ्घको अगुवाइमा सङ्कलन भएको उक्त रकम सङ्घका अध्यक्ष विनोदकुमार विक, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सचिव केशबहादुर सुनारलगायत पदाधिकारीहरुले पीडितलाई हस्तान्तरण गरेका हुन् ।

बरालीको मिर्गौला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको थियो । दुवै मिर्गौलाले काम गर्न छोडेपछि अस्पताल भर्ना भएकी बरालीको उपचारमा आर्थिक अभाव हुँदै आएको छ । उनको हाल डायलासिस भइरहेकाले उपचारमा केही हदसम्म भए पनि सहज मिलोस् भनी सङ्घले आर्थिक सङ्कलन गरी सहयोग प्रदान गरिएको जनाएको छ ।

आर्थिक अवस्था कमजोर रहेका बरालीको उपचारका लागि सङ्घमा आबद्ध व्यवसायी, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलित रकम हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष विकले जानकारी दिनुभयो । एक्कासि शरीर सुन्निने र फुलिने हुन थालेपछि स्वास्थ्य परीक्षणका लागि काठमाडाँैस्थित शिक्षण अस्पताल जाँदा मात्रै आफ्नो दुवै मिर्गौला खराब भएको थाहा पाएको बरालीले जानकारी दिनुभयो । हाल उनको पोखरास्थित आस्था किड्नी एन्ड स्पेसलाइज्ड अस्पतालमा डायलासिस हुँदै आएको छ ।

“हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ”, उहाँले भन्नुभयो, “एकपटक डायलासिस गर्दा र आउँदाजाँदा गरी रु नौ हजार खर्च हुने गरेको छ ।” एक महिनाअघि देखि घाँटीमा फिस्टुला राखी डायलासिस गर्दै आएको बरालीले जानकारी दिनुभयो । तनहुँ सुनचाँदी व्यवसायीले बरालीको मिर्गौला प्रत्यारोपण गर्ने कार्यसम्म निरन्तर सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.