Advertisement

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

0 203

Advertisement

०९ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उहाँ कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.