Advertisement

पशुपक्षी प्रयोगशाला निर्माण सुरु

0 303

Advertisement

०७ माघ, पर्वत । यहाँस्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा उक्त भवन निर्माण हुनेछ । पशुपक्षीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका कार्य गर्न तथा अन्य अनुसन्धानमूलक कार्य गर्न भवन निर्माण गर्न लागिएको हो ।

विसं २०७९ मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष्य लिइएको विज्ञ केन्द्र प्रमुख रामजीप्रसाद शर्माले जानकारी दिनुभयो । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले बिहीबार भवनको शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री बुढाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने तथा गरिबी निवारणका लागि नयाँ योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताउनुभयो । प्रदेशका ११ जिल्लामा त्यहाँको विशेषताअनुसार कृषि र पशुपालनको प्रवद्र्धन तथा विकास गर्ने खालका नयाँ कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सामुदायिक तथा छाडा कुकुरको बन्धाकरण शिविर पनि सञ्चालन गरिएको छ । दुई दिनसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन हुने जनाइएको छ ।

छाडा कुकुरको सङ्ख्या बढी भएकाले त्यसको नियन्त्रणका लागि शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रीय रिफिरल पशु चिकित्सालय काठमाडौँको विशेष टोलीमार्फत बध्याकरण शिविर सञ्चालन गरिएको हो । यसका लागि पशु सेवा विज्ञ केन्द्र र कुश्मा नगरपालिकाले सहकार्य गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.