Advertisement

आर्मी र गण्डकी सेमिफाइनलमा

0 330

Advertisement

०७ माघ, काठमाडौं । नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो । आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे । आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन् । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.