Advertisement

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

0 346

Advertisement

०६ माघ, सर्लाही । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ । अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टे«टर तयारी अवस्थामा राखिएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब गम्भीर अवस्थाका सङ्क्रमितको उपचार जिल्लामै गर्न सकिन्छ ।”

अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले बताइएको छ । सर्लाहीमा अहिले तेस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट ३६ जना सङ्क्रमित भएका छन् । उनीहरु सबै होम आइसोलेशनमै छन् ।

मलङ्गवा नगरपालिकाका नगर प्रमुख नीरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डा चन्दन झासमेत कोरोना सङ्क्रमित भई आइसोलेशनमा रहेका छन् । कोरोना सङ्क्रमण बढेपछि जिल्ला अस्पताल मलङ्गवामा पीसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

तर लक्षण देखिएका बिरामीले कोरोना भाइरस सङ्क्रमण परीक्षणमा बेवास्ता गरेकाले नियमित रुपमा ल्याब सञ्चालन गर्न समस्या परेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता, सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरबाही गर्नेलाई कोरोना सङ्क्रमण फैलन मद्दत पुगिरहेको अस्पतालका प्रमुख डा झाले बताउनुभयो ।

भारतसँगको खुल्ला सिमाना र जिल्लाका हाटबजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना भाइरस सङ्क्रमण दर बढेको जानकारहरु बताउँछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.