Advertisement

धवलागिरिका गर्भवती र सुत्केरीलाई घीउ र अण्डा

0 290

Advertisement

२८ पुस, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बालबालिकालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरीक्षण, बच्चाको तौल वृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घीउ, अण्डालगायतका पौष्टिक आहरा उपहार दिन सुरुआत गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले मातृ शिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहरा उपहार दिने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“स्वास्थ्य संस्थामा सुत्केरी भएका, चार, छ, आठ र नौ महिनामा गर्भजाँच गराउने आमा र १५ महिनाभित्र तोकिएका सबै मात्राको खोप लगाएका तथा १२ र २४ महिनामा तौलको वृद्धी अनुगमन गर्न आउनेलाई पोषिला खानेकुरा दिने गरिएको छ,” उहाँले भन्नुभयो “पालिकाभित्रका स्वास्थ्य संस्थाबाट सेवा लिने आमा र बच्चाले यो सुविधा पाउने कार्यविधि बनाएका छौ ।”

चार पटकको गर्भपरीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाको साथमा आधा लिटर घीउ र सुप बनाएर सुत्केरीले खाने ज्वानो उपहार दिने गरिएको छ । १५ महिनामा तोकिएको सबै मात्राको खाप लगाउने, १२ र २२ महिनामा वृद्धी अनुगमन गर्ने बच्चाले पनि एक÷एक क्यारेट अण्डा पाउछन् । चालू आर्थिक वर्षमा रु छ लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट वडा नं ३ मुना, ५ मल्कवाङ र ६ मराङका २६ जना सुत्केरी, १६ जना गर्भवती र ३४ जना बालबालिकाले यो सुबिधा पाएका छन् ।

अन्य वडामा पनि स्वास्थ्य संस्थामार्फत यो सेवालाई निरन्तरता दिइएको छ । भौगोलिक रुप्मा विकट र दुर्गम क्षेत्रमापर्ने धवलागिरि गाउँपालिकाका अधिकांश महिला सुत्केरी हुन सदरमुकाम बेनी तथा जिल्ला बाहिरका अस्पतालमा जाने गर्छन् । केही अझै पनि भरमा असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङमा गतवर्ष धवलागिरिका ३०० जना सुत्केरी भए पनि पालिकाभित्रैका संस्थामा सुरक्षित प्रसूति सेवा लिनेको सङ्ख्या १२९ जना थियो । धवलागिरिको सात वटै वडाका स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.