Advertisement

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

0 436

Advertisement

२७ पुस, म्याग्दी । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।

वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताउनुभयो ।

यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँचाको सुन्तला निकासी भए पनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।

हिउँ पर्नुको साटो बेमौसममा असिना परेकामा कृषकले अनौठो मानेका छन् । क्षतिको विवरण सङ्कलन र राहतको व्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.