Advertisement

आगलागीबाट तीन लाख बराबरको क्षति

0 432

Advertisement

२६ पुस, कर्णाली । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ ।

त्यस्तै, आइतबार खार्पुनाथ गाँउपालिका–१ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङ्गा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.