Advertisement

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

0 226

Advertisement

२२ पुस, काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक

उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘अन्य ऐतिहासिक सामग्री पनि प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।’

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राखिएको जानकारी गराउनुभयो ।

उहाँले स्वर्गीय राजा वीरेन्द्रले विसं. २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गर्नुभएको बताउँदै शाहकालीन राजपरिवारले प्रयोग गरेको अन्य सामग्रीहरू पनि चरणबद्ध रुपमा प्रदर्शनीमा राखिने जानकारी गराउनुभयो । विसं. २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन प्रदर्शनीमा राखिसकेको छ ।

संग्रहालय विकास समितिले स्वर्गीय रानी ऐश्वर्याको शृंगार कक्ष नजिक फोटोग्राफी कक्ष राख्ने तयारी गरेको छ । संग्रहालयले स्वर्गीय राजा वीरेन्द्र र त्यस अघिका शाहकालीन राजा र उहाँका परिवारका फोटो सो शाखामा राख्न लागिएको हो । नारायणहिटी दरबारमा रहेका सबै फोटो खोजी गरिसकेका जानकारी दिँदै संग्रहालय प्रमुख दाहालले भन्नुभयो– ‘केही फोटो विभिन्न क्षेत्रबाट खोजी गरेर फोटोग्राफी कक्षमा राख्नेछौं ।’

त्यस्तै, राजा वीरेन्द्र र उहाँको परिवारको डकुमेन्ट्री तयार गर्ने र ती सामग्री दरबारको हल खुलेलगत्तै देखाउने तयारी पनि संग्रहालयले गरेको छ । यसका लागि संग्रहालयले नारायणहिटी दरबारभित्र रहेको हल मर्मत गरिसकेको छ भने डकुमेन्ट्री तयार गर्न टुके मेसिन र सर्भर पनि खरिद गरिसकेको छ ।

त्यस्तै, राजा त्रिभुवन र महेन्द्रले प्रयोग गर्ने पुरानो सवारीसाधन मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी पनि भइरहेको संग्रहालयले जनाएको छ । पुरानो भइसकेका सबै सवारीसाधन सकेसम्म चल्न सक्नेगरी मर्मत गरेर प्रदर्शनीमा राख्ने तयारी भइरहेको संग्रहालय प्रमुख दाहालले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.