Advertisement

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’

0 320

Advertisement

१९ पुस, गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उहाँले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य टुका हमालले अभिभावक एवं विद्यालय र सिङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने जनाउनुभयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ बालमैत्री सूचक पूरा गरेको

आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिँदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो । उक्त वडासहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका–१, बेँसीसहर नगरपालिका–१ बालमैत्री वडा घोषणा भइसकेका छन् ।

बेँसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास एवं सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

वडा कार्यालयद्वारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचन गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समूहसहित विभिन्न सङ्घसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा (एमाले )नेता हीरा विश्वकर्मा, नेपाली कांग्रेसका नेता नारायणबहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी)

जिल्ला अध्यक्ष पद्मा गुरुङ, गङ्गा मिलन माविका प्रअ टङ्कबहादुर अधिकारीलगायतले बालबालिकाको शारीरिक एवं मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, वातावरणमैत्री भौतिक संरचनालगायतमा ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

‘बालअधिकार सुनिश्चितता, गौरवपूर्ण स्वाभिमान ः बालमैत्री वडा कार्यान्वयन, दीर्घकालीन अभियान’ भन्ने मूल नारासहित उक्त घोषणा कार्यक्रममा विद्यालयका छात्रछात्राद्वारा सन्देशमूलक नाटक एवं विविध नृत्य प्रस्तुत गरिएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.