Advertisement

क्यानको बजेट ४३ अर्बकाे, सुदूरपश्चिममा मात्रै डेढ अर्ब रुपैयाँ छुट्याइयाे

0 373

Advertisement

१२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ सुरु भएको ६ महिनापछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को बजेट पारित भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले समय दिन नसक्दा ६ महिना रोकिएको क्यानको बजेट आइतबार पारित भएको हो ।

आइतबार प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले ४३ अर्ब ६० करोड ७७ लाख रूपैयाँ बराबरको बजेट पारित गरेको क्यानका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार निर्माणको चरणमा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै १० अर्ब बढी बजेट विनियोजन गरिएकोे छ ।
त्यस्तै भैरहवामा निर्माणमाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ६ अर्ब र निजगढ विमानस्थलका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

धनगढीमा एक अर्ब

पर्यटनमन्त्री आलेले आप्नो प्रदेशका (सुदुरपश्चिम प्रदेश) १० विमानस्थलमा एक अर्ब ३२ करोड बढी बजेट विनियोजन गरेका छन् ।
उनले सबैभन्दा बढी रकम धनगढी विमानस्थलका लागि १ अर्ब रुपैयाँ छुट्याएका छन् । उनले करिब २५० विगाहा जमिन अधिग्रहण गर्ने र २५०० मिटरको धावनमार्ग बनाउनका लागि बजेट छुट्टाईएको जनाएका छन् ।

डोटी विमानस्थल स्तरोउन्नती गरी २५० मिटर धावनमार्ग थप गर्न र टर्मिनल टावर बनाउन तथा जग्गा अधिग्रहण गर्नका लागि गर्न १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

साँफेबगर विमानस्थल स्तरोउन्नती गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । उनले सञ्चालनमा रहेका तथा लामो समयदेखि बन्द रहेका विमानस्थलमा बजेट विनियोजन गरेका छन् ।

उनले द्धोन्दकालदेखि बन्द रहेको कमलबजार विमास्थल सुदृढीकरणका लागि ३ करोड बजेट विनियोजन गरेका छन् । यस्तै, महेन्द्रनगर विमानस्थलमा २ करोड ५१ लाख, बैतडी विमानस्थलमा १ करोड ५० लाख ४४ हजार, दार्चुला विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार र बाजुरा विमानस्थलमा १८ लाख ७६ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
उनले डडेल्धुरामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएका छन् ।

पर्यटनमन्त्री नियुक्त भएर नयाँ मन्त्री आएपछि उनीहरुको पहिलो एजेन्डा नै नयाँ विमानस्थल निर्माणका लागि बजेट छुट्टाउने गर्दै आएका छन् । उनिहरुले बजेट छुट्टाएपनि विमानस्थल निर्माण हुन भने सकेका छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.