Advertisement

नेप्से परिसूचक २६ सय नजिक, ३० कम्पनीको शेयर मूल्यमा ‘सर्किट’

0 317

Advertisement

११ पुस, काठमाडाै । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

आइतबार ३० वटा बिमा कम्पनीहरुको शेयर मूल्य सर्किट लेभलमा नै कारोबार भएको छ । सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्यारेन्स, प्रुडेन्सीयल इन्स्यारेन्स लगायतका कम्पनीहरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.