Advertisement

सुन्तला खरिद गर्न बर्गैचामै पुगे व्यापारी

0 608

Advertisement

११ पुस, गलेश्वर । म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् ।पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् ।यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक कीराको प्रकोप देखिएको र सोही रोगका कारण दाना पोटिला नहुँदा भनेजति मूल्य नपाएको किसानको गुनासो छ ।

त्यसैगरी सुन्तलाको बोटमा औंँसा कीरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । यसवर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा कीरा लागेको त्यहाँका किसानले बताएका छन् ।त्यसैगरी गएको वर्ष पनि बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मङ्गला–५, अर्मन र मालिका–७, बिम गाउँमा लगाइएको सुन्तला खेतीमा औँसा कीरा लागेको थियो ।

गएको वर्ष औँसा कीराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रमार्फत प्रोटिन बेस (खाद्यपासो) थापेर औँसा नियन्त्रण गरिएको क्षेत्रमा प्रकोप घट्दो क्रममा रहेको र अन्य ठाउँमा बढ्दै गएको छ । सुन्तलामा औँसा कीरा लागेपछि विस्तारै बोट सुक्दै जाने, दाना चाउरी पर्ने, समय नपुग्दै पहेँलो हुने तथा नपाक्दै झर्नेजस्ता समस्या देखिएको किसानले बताएका छन् । यसपटक अन्नपूर्णको दोसल्लेमा व्यावसायिकरूपले गरिएको सुन्तलाखेतीमा औँसा कीराको प्रकोप धेरै देखिएको छ ।

दोसल्लेका अधिकांश किसानको बगैँचामा लगाइएको सुन्तलामा औँसा कीराको प्रकोप देखिएको दोसल्ले व्यावसायिक सुन्तलाजात फलफूल किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा पुनले बताउनुभयो ।

बास्कुनाका किसान तिलक गुरुङले गाउँका ९० घरधुरीका २०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तलाखेती गरेको बताउनुभयो । उहाँका अनुसार बास्कुनादेखि बरङ्जा क्षेत्रमा मात्रै २० हजार सुन्तलाका बोट छन् । किसानले बोटबाट नै प्रतिकिलो रू ७० मा सुन्तला बिक्री गरिरहेका उहाँले जानकारी दिनुभयो ।

“बोटमा सुन्तला त राम्रैसँग फलेका छन् तर औँसा कीराका कारण दाना पनि त्यति पोटिला छैनन् र झर्ने समस्या पनि देखिएको छ । त्यसैले जति आम्दानी हुनुपथ्र्यो त्यति हुदैन की भन्ने चिन्ता थपिएको छ”उहाँले भन्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.