Advertisement

चितवन उद्योग सङ्घद्वारा औद्योगिक पाठशाला सुरु

0 448

Advertisement

०४ पुस, चितवन । नयाँ उद्योगीलाई उद्योग सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले चितवन उद्योग सङ्घले औद्योगिक पाठशाला सुरु गरेको छ । सङ्घले औद्योगिक पाठशालाअन्तर्गत पहिलो चरणको कक्षासमेत सञ्चालन गरिसकेको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालका अनुसार सङ्घले दुई वर्षे कार्ययोजनाअन्तर्गत १० वटा पाठ्यपुस्तक तयार गरी नियमित रुपमा कक्षा सञ्चालनको योजना बनाएको छ । सोही योजनाअन्तर्गत सङ्घले २० जनालाई व्यावसायिक योजना लेखन कक्षा दिएको छ ।

व्यावहारिक र सैद्धान्तिक शिक्षाबीचको अन्तरलाई पूरा गर्नका लागि औद्योगिक पाठशाला सञ्चालन गरिएको हो । नयाँ उद्योगी बन्न चाहने र उद्यमशिलतामा रहेकालाई प्रवद्र्धन गर्नका लागि यो कक्षा सहयोगी बन्ने उहाँले वताउनुभयो ।

सङ्घले कारखाना, बजार र उधारो व्यवस्थापन, प्याकेजिङ, लेवलिङ, ब्राण्डिङ, बेसिक एकाउण्टिङ, फाइनान्सियल एकाउन्टिङ, मानव संशाधन व्यवस्थापन, नयाँ उद्यम तथा उद्यमशिलता विकास र वित्तीय व्यवस्थापनका लागि पाठ्यक्रम निर्माणको काम गरिरहेको छ ।

सङ्घले यी पाठ्यक्रम निर्माणका लागि रु १० लाख खर्च लाग्ने अनुमान गरेको छ । पाठ्यक्रम निर्माणका लागि जिल्लाका सात पालिका, सङ्घीय सरकार उद्योग मन्त्रालय, प्रदेश सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिएको सिलवालले बताउनुभयो ।

उहाँका अनुसार पाठ्यक्रम निर्माणसँगै सम्बन्धित विषय विज्ञ र उद्यमशिलतामा लागेका पुराना व्यवसायीले प्रशिक्षण दिने गरेका छन् । एकपटकमा २० देखि ३५ जनासम्म राखेर पठनपाठन गराइने औद्योगिक पाठशालामा सहभागी प्रशिक्षार्थीलाई क्षमता अभिवृद्धि गर्दै दिगो उद्यमशलितामा टिकाई राख्न, रोजगारीको सिर्जना र नयाँ उद्यमी सिर्जनामा सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले पाठशाला औद्योगिक शिक्षालय सञ्चालनका लागि आधार तय गर्नका लागि सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा मागको आवश्यकता विश्लेषण गरी आन्तरिक रुपमा पाठ्यक्रम निर्माणको काम गरिएको छ ।” नेपालमा नै पहिलो पटक पाठशाला सञ्चालनमा ल्याइएको हो । औद्योगिक पाठशाला तीन दिनदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

चितवन उद्योग सङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गर्न मिल्ने गरी आधुनिक प्रदर्शनी केन्द्र निर्माण गरेको छ । केन्द्रमा हालसम्म छ वटा प्रदर्शनी गरिसकिएकोे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.