Advertisement

सनराइज बैंकको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

0 262

Advertisement

२९ मंसिर, काठमाडौं । सनराइज बैंक लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १ गते बिहीवार अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । उक्त साधारण सभा प्रयोजनको लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १ गते सम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउने भएका हुन ।

सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे भर्चृूअल माध्यमबाट सुरु हुनेछ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आवको लागि लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले बोनसपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितीलाई दिने निर्णय पनि गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.