Advertisement

ग्लोबल आइएमई ब्यांक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न

0 500

Advertisement

२८ मंसिर, काठमाडौं । ग्लोबल आइएमई ब्यांक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी  १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। 
ब्यांकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो। 

प्रस्तावित बोनस शेयर वितरण पश्चात ब्यांकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ। 

ब्यांकको खुद मुनाफा आव २०७६/७७ को तुलनामा २०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो।

ग्लोबल आइएमई ब्यांकले २ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ। 

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.