Advertisement

हिंसापीडितलाई सुरक्षित आवासगृहमा सेवा

0 585

Advertisement

२७ मंसिर, रुकुम । रुकुम (पूर्व) मा अहिलेसम्म २१९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवासगृहमा हालसम्म जिल्लाका तीनवटै गाउँपालिकाका २१९ हिंसापीडितले सेवा लिएका छन् । ती मध्ये १९९ महिला र २० पुरुष छन् । सिस्ने गाउँपालिकाद्वारा आवासगृहमा सञ्चालन सम्बन्धी आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

यसमा सिस्नेका १८०, भूमेका १४ ,पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ र रोल्पाका दुई हिंसापीडितले आवासगृहका सेवा लिएको मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी गराउनुभयो । उहाँका अनुसार शारीरिक र मानसिक हिंसापीडित १६०, जबर्जस्ती करणीमा परेका १२, सम्बन्धविच्छेदका १५, स्रोतसाधनबाट वञ्चित ११ जनाले सेवा लिएका छन् ।

यसैगरी बोक्सी आरोप, बहुविवाह र बालविवाहका तीन-तीन गरी नौ , आर्थिक कारोबारका पाँच, ज्यानसम्बन्धीका दुई, विष सेवन र बाल श्रमशोषनको एक÷एक गरी दुई हिंसापीडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो । यसमा अहिलेसम्म १२ समस्यालाई स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलाप गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय, ओसीएमसी, न्यायिक समितिलगायतसँगको सहकार्य समन्वयमा हिंसापीडितलाई ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको जनाइएको छ । अहिले आवासगृहमा ५८ छन् ।

हिंसापीडितले राहत पाइरहेको भए पनि यसको सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँको भनाइ छ । आवासगृहमा जिल्लाभरिका हिंसापीडितलाई सेवा दिने गरेको भए पनि आर्थिक पाटोमा साझेदारी संस्थासँग सिस्नेले मात्र सहकार्य गरेको छ । यसमा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पनि सहकार्य गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

हिंसापीडितलाई सम्बन्धित निकायकहाँ पु¥याउँदा आर्थिक समस्या पर्ने गरेको छ भने न्यायिक समितिमा, प्रहरीमा गएर मिलेर गएका पनि पटकपटक उस्तै समस्या लिएर सेफ हाउसमा आउँदा उनीहरुको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा पनि अन्योल भएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले आवासगृह न्याय प्रक्रियाको अभिन्न अङ्ग भएको बताउँनुभयो । सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले पनि आवासगृहमा यहाँका हिंसापीडितलाई राहत मिलेको बताउनुभएको छ ।

सिस्ने गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसा निवारण कोषसमेत खडा गरेर हिंसापीडितलाई सहयोग गरिरहेको छ । गाउँपालिकाले हिंसामा परेकालाई आयस्रोतको लागि काम गर्न जनाउँदै रु १० देखि २० हजारसम्म आर्थिक सहायताअर्थात् अनुदान दिने गरेको गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सुनिता खड्काले जानकारी दिनुभयो । अहिलेसम्म चार जनालाई अनुदानसमेत दिइएको छ ।

तीन जनालाई रु १०-१० हजारको दरले र एक जनालाई रु १८ हजारको दरले लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक अनुदान दिएको उहाँले बताउनुभयो । सिस्नेमा २०७६ साल फागुन १८ गते आवासगृह तयार गरिएको हो । नियमित सेवा भने २०७७ जेठ २० बाट सुरु भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.